कर्णाली

जो दैनिक पाँच सय कप चिया बेच्छन्

इकागज |
मंसिर २९, २०७८ बुधबार ११:२७ बजे

जुम्ला- चन्दननाथ नगरपालिका-२ का ६७ वर्षीय काशीराम भण्डारीले चिया पसलबाटै मनग्ये आम्दानी गरिरहेका छन्। भण्डारी दम्पतीले झन्डै २० वर्षदेखि चिया पसल सञ्चालन गर्दै आएको छ । उनीहरू नगरपालिकामै प्रेरणाको स्रोत बनेका छन् । चिया पसलको कमाईबाटै उनले छोरीलाई अनमी पढाएका छन् । 

उनको पसलमा चिया खान ग्राहकको भिड लाग्ने गरेको छ । एक दिनमा पाँच सयभन्दा बढी कप चिया बिक्री हुने गरेको भण्डारीले बताए । चिया खान ग्राहकहरू झिसमिसेमै आउने गरेको उनी बताउँछन् । दैनिक ६० लिटर बढी दूधको चिया पकाउने गरिएको  उनले सुनाए ।


चिया पसलको कमाईबाटै स्याउ बगैंचा स्थापना गरेको भण्डारीले बताए । बगैंचामा उत्पादित स्याउबाट वर्षेनी एकदेखि डेढ लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ ।  पछिका लागि भनेर भण्डारी दम्पतीले दैनिक एक सय ५० रुपैयाँ बचत गर्ने गरेका छन् । चिया पसलको कमाईले कान्छी छोरीलाई अनमी पढाएको र अन्य छोराछोरीलाई पनि सहयोग गरिरहेको देवीकन्या भण्डारीले बताइन् ।


Author

थप समाचार
x