कर्णाली

जुम्लामा हिमपात, चिसोबाट बच्‍न प्रशासनको आग्रह

इकागज |
पुस १४, २०७८ बुधबार ८:३७ बजे

जुम्ला- जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।  जुम्ला प्रशासनले  चिसोबाट बच्न न्यानाे भएर बस्न आग्रह गरेको छ ।

जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान,अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले बताइन् ।


'बालबालिका र बृद्धबृद्धालाई  न्यानो तथा  शरीर ढाक्ने गरी लुगा लगाउन सार्वजानिक सूचनामार्फत अनुरोध   गरिएको छ,' उनले भनिन् ।

प्रशासनले  कुनै घटना भएमा तत्काल नजिकैको प्रहरी चौकीमा  खबर गर्न पनि भनेको छ ।


Author

थप समाचार
x