कर्णाली प्रदेशको संस्थागत विकासमा उल्लेख्य सुधार
कर्णाली-प्रदेशसभाले चार वर्षको अवधिमा संस्थागत क्षमता विकासमा भने उल्लेख्य सुधार गरेको छ। प्रदेशसभामा श्रव्य दृश्य व्यवस्थापनसहितको सुविधासम्पन्न भिडियो कन्फेरेन्स हल छ, जहाँ प्रदेशका सबै जिल्ला समन्वय समितिमा बसेर भर्चुअल उपस्थितिमा प्रदेशसभासंग जोडिन सकिन्छ।
संसदीय समितिले विभिन्न विधयेकहरुमाथि सरोकारवालाको सुझाव लिन थुपै्रपटक भर्चुअल माध्यमको उपयोग गर्ने गरेका छन् । संसदीय खुलापनका सहजकर्ता एवं ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णली प्रदेशसभा सचिवालयले लाइबे्ररी व्यवस्थापन, वेबसाइट अपडेट, बैठकहरुको दैनिक कार्यसूची र बैठकका संक्षिप्त विवरण नियमित अपडेट गर्नु राम्रो पक्ष भएको बताए।
अतिरिक्त क्रियाकलापजस्तै जनतासंग प्रदेशसभा, जनतासंग सभामुखलगायतका कार्यक्रम पनि प्रदेशसभा सचिवालयले सञ्चालन गर्दै आएको छ। त्यस्तै सर्वसाधारणका लागि प्रत्येक महिनाको १५ र २९ गते प्रदेशसभा अवलोकनका लागि खुला राखेको छ। संसदीय खुला अभ्यासका लागि सर्वसाधारणलाई संसदका गतिविधिबारे जानकारी दिन यस्तो व्यवस्था मिलाइएको हो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया