कर्णाली

कर्णाली नवनियुक्त मन्त्रीले लिए सपथ

इकागज |
माघ २३, २०७८ आइतबार १९:४१ बजे

सुर्खेत : कर्णाली सरकारले आजदेखि पूर्णता पाएको छ । प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीले पाँच जना मन्त्री नियुक्ति गरेका छन् ।  नवनियुक्त मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाली काँग्रेसबाट यज्ञबहादुर विसी र हिमबहादुर शाहीलाई मन्त्रीमा नियुक्त भएका छन्  । 

नेपाली काँग्रेसका बिसीलाई सामाजिक बिकास मन्त्रालय र शाहीलाई  आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका छन् । नेकपा माओवादीबाट गणेशप्रसाद सिंह र डम्डोल लामा कार्चेनलाई मन्त्रीमा नियुक्ति गरेका छन् ।


सिंहलाई जलश्रोत तथा उर्जा विकास मन्त्रालय । गैर सांसद छिरिङ डम्डोल लामा कार्चेनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्ति भएका छन् । एकीकृत समाजवादीका पदम रोकायालाई भौतीक पुर्बाधार तथा शहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।  

मुख्यमन्त्री शाहीले यसअघि माओवादीका सांसद विन्दमान विष्टलाई आर्थिक मामिला तथा योजना मन्त्री र समाजवादीका प्रदेश सभा संसदीय दलका नेता चन्द्रबहादुर शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनाइसकेका छन् । यसपालि कर्णालीमा महिला सहभागीता भने शुन्य हुने देखिएको छ ।
 


Author

थप समाचार
x