कर्णाली

कर्णालीका सामाजिक विकास मन्त्रीलाई कोभिड संक्रमण

इकागज |
पुस २७, २०७७ सोमबार १५:४३ बजे

सुर्खेत : कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई कोभिड–१९ संक्रमण पृष्टि भएको छ । प्रदेश अस्पतालमा आइतबार(हिजो) पीसीआर परीक्षण गर्दा मन्त्री रावलमा कोभिड पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका मन्त्री रावललाई उपचारका लागि काठमाडौं लगिएको प्रदेश अस्पताल कालागाउँका अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । 
वरिष्ट चिकित्सकको सल्लाह अनुसार मन्त्री रावललाई थप उपचारका लागि आजै काठमाडौं पठाइएको अस्पतालका निर्देशक खड्काले जानकारी दिए ।



Author

थप समाचार
x