कर्णाली

सुर्खेतमा खुकुरी प्रहारबाट युवा गम्भीर घाइते

इकागज |
माघ २८, २०७८ शुक्रबार १५:५ बजे

सुर्खेत– खुकुरी प्रहारबाट सुर्खेतको भेरीगंगा नगरपालिकाका एक युवक गम्भीर घाइते भएका छन् । भेरिगंगा नगरपालिका १३ बस्ने २७ वर्षीय कर्णबहादुर रसाइली धारिलो हतियार प्रहारबाट घाइते भएका हुन् । 

वीरेन्द्रनगर नगरपालिका– १२ चनौटेमा तीन जनाको समूहले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  घाइतेको माया नर्सिङहोममा उपचार भइरहेको छ । घाईतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


हतियार प्रहार गर्ने वीरेन्द्रनगर नगरपालिका–१२ का अर्जुन विक र रामपुर्ण रानामगरलाइ एक थान खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का एक व्यक्ति फरार भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फरार व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 
 


Author

थप समाचार
x