वडाध्यक्षको मृत्युपछि रत्नराजमार्ग बन्द
सुर्खेत - मोटरसाइकल दुर्घटनामा परी घाइते भएका सुर्खेतको भेरीगंगा नगरपालिका– १ का वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो ।
वडाअध्यक्ष कार्कीको निधन भएपछि भेरीगंगाका स्थानीयबासीहरू आक्रोशित बनेका छन् । स्थानीय युवाहरूले रत्नराजमार्गस्थित छिन्चु बजारमा सडक अवरुद्ध पारेका छन् । दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै उनीहरूले सडक अवरुद्ध पारेका छन् ।
नेकपा माओवादी केन्द्रबाट जननिर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका १२ छिन्चु बजारनजिक नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए ।
उनी सुर्खेतका निर्वाचित वडाअध्यक्षहरूमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष थिए । उनी कुशल र सक्षम नेतृत्वको रूपमा आफ्नो पहिचान स्थापित गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया