कर्णाली

आज सुर्खेतमा यातायात बन्द

लक्ष्मी भण्डारी |
माघ ७, २०७७ बुधबार ११:४६ बजे

सुर्खेत : यातायात व्यवसायीले आज(बुधवार) सुर्खेतमा सवारीसाधनहरू बन्द गरेका छन् । सुर्खेतबाट सञ्चालित आठ वटा यातायात व्यवसायीहरूले संयुक्त रुपमा बन्दको घोषणा गरेका हुन् ।

व्यवसायीहरूले प्रेस विज्ञप्ति जारी गर्दै वीरेन्द्रनगर नगरपालिकाको विरोधमा सवारी बन्द गरेकोे बताएका छन् । वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्कमा नगरपालिकाले छलफल नै नगरी दुई वटा यातायात प्रालिलाई संरचना बनाउन दिएपछि विवाद उत्पन्न भएको हो । मध्यपश्चिम यातायात प्रालि र काँक्रेविहार यातायात प्रालिलाई बसपार्कको दक्षिणतर्फ आउटडोरको रुपमा संरचना निर्माण गर्न दिएपछि अन्य यातायात व्यवसायी संघहरूले विरोध गरेका हुन् । 


नयाँ बसपार्कमा काउण्टर नपुगेको भन्ने बहानागरी हठाहतपूर्ण तरिकाले २ वटा यातायात प्रालिलाई साविकको काउण्टरको दक्षिणतर्फ आउट डोर काउण्टर सञ्चालन गर्नका लागि संरचना निर्माण गर्न दिएकोमा अन्य यायायात प्रालिले संयूक्त विज्ञप्तिमार्फत विरोध जनाएको हो । 

नगरपालिकाले आफैले कार्यविधी बनाउने अनी त्यही कार्यविधीविपरीत संरचना बनाउने यातायात व्यवसायीहरूको भनाइ छ ।  नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष कार्लमाक्स श्रेष्ठले सरकारले सिण्डीकेट सिष्टम हटाइसकेको अवस्थामा पनि ठूला यातायात व्यावसायीहरूको नाममा नगरपालिकाले आफूहरूलाई पक्षपातपूर्ण व्यवहार गरेको बताए ।

नवनिर्मित सिटी बसपार्कभित्र सुर्खेतमा सञ्चालित १२ वटा यातायात प्रालिलाई गोलाप्रथाको आधारमा काउण्टर सञ्चालन गर्न दिइएकोमा त्यसको विपरीत नगरपालिका गएको यातायात व्यवसायीहरूको भनाइ छ ।
 


Author

थप समाचार
x