कर्णाली

कर्णालीमा विप्लवको राँके जुलुस

लक्ष्मी भण्डारी |
माघ १०, २०७७ शनिबार १९:२९ बजे

जुलुसपछि विप्लवका कार्यकर्ताले विरेन्द्रनगर ३ तीन मुलपानी चोकमा बालेको राँको।

काठमाडौँ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिवन्धीत नेकपाले कर्णालीका केही जिल्लाहरुमा राँके जुलुस निकालेको छ । कार्यकर्ता रिहाको माग राखि शनिबार नेपाल बन्द घोषणा गरेको विप्लवले दैलेख र सुर्खेतमा राँके जुलुस निकालेको हो । 

दैलेखको ठाटीकाँध र सुर्खेतको विरेन्द्रनगर ३ मा राँके जुलुस निकालेको स्थानीयले बताएका छन् । राज्यबाट गिरफतार गरिएका आफ्ना कार्यकर्ताहरु रिहाको माग गर्दै नारा जुलुससमेत गरेका गरेका थिए । राँके जुलुश निकाल्ने तयारी गर्न लागेको सुराकीको आधारमा सल्यान प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।


राँके जुलुश निकाल्ने तयारी गर्न लागेको सुराकीका आधारमा दुई जनालाई अनुसन्धानको लागि नियन्त्रणमा राखिएको प्रदेश प्रहरी कार्यालयका एसएसपी हरी वाग्लेले जानकारी दिए । बन्दको कारण कर्णालीमा कुनै पनि खालका घटनाहरु नघटेको वाग्लेले जानकारी दिए ।

विप्लवले आह्वान गरेको बन्दको कारण कर्णालीको जनजीवन ठप्प थियो । बन्दले अन्य केही घटनाहरु नघटेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 
 


Author

थप समाचार
x