हुम्लामा चिनियाँ मदिरा बरामद
सुर्खेत : कर्णाली प्रदेशको हुम्लास्थित खार्पुनाथ गाउँपालिका–४ खार्पुबाट प्रहरीले ठूलो परिणाममा चिनियाँ मदिरा बरामद गरेको छ । हुम्लाको खार्पुनाथ–५ मुचुबाट सोही गाउँपालिका–१ लाँलीतर्फ लैजाँदै गरेको एक सय १० पेटी मदिरा बरामद गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरि वाग्लेले जानकारी दिए । वाग्लेका अनुसार व्यापारिक परियोजनका लागि ल्याइएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो ।
लाँलीका ३८ वर्षीय धिरेन्द्र शाहीले १९ वटा खच्चरमा ढुवानी गरेरे मदिरा गाउँ लिँदै गर्दा बरामद गरिएको वाग्लेले जानकारी दिए । उनकाअनुसार झिनिगोटी नामक उक्त मदिरा केही समय पहिला हुम्ला ल्याइएर लुकाइएको हुनसक्छ ।
‘यो ठूलो परिणामको मदिरा यस अघि नै ल्याइएर गोदाममा राखिएको रहेछ,’ वाग्लेले भने, ‘गोदामबाट अहिले व्यापारिक प्रयाेजनका लागि व्यवसायीसम्म लैजाँदै गर्दा थाहा भयो ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया