कर्णाली

‘कर्णाली घुमाउटो छैन, घुम्टोभित्र छ’

इकागज |
फागुन २८, २०७७ शुक्रबार १५:४० बजे

‘सुर्खेत : ‘कर्णाली घुमाउटो पड्यो’ शीर्षकमाथि आपत्ति जनाउँदै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले कर्णाली घुमाउटो नभई घुम्टोभित्र परेको बताएका छन् । कर्णाली उत्सवको दोस्रो संस्करणको तेस्रो दिनमा भएको छलफलमा उनले ‘कर्णाली घुमाउटो पड्यो’ शीर्षकमाथि आपत्ति जनाउँदै यस्‍तो विचार राखेका हुन् । ‘कर्णालीलाई घुमाउटो वा घुमाउरो छ भन्ने गरिन्छ,’ उनले भने, ‘तर, कर्णाली घुमाउटो छैन, सुन्दर कर्णाली घुम्टोभित्र छ । कर्णालीको भविष्य उज्वल छ बस् घुम्टो उठाउन जरुरी छ’ उनले भने ।

कर्णालीपछि पर्नुमा ठूलो भू-भागमा छरिएको जनसंख्या भएको उनले बताए । ‘भौतिक, सामाजिक, परम्परागत संरचनाले कर्णालीलाई पछाडि पारेको हो,’ उनले भने । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले कर्णाली विगतमा कर्णाली सम्पन्न भएको बताउँदै सामाजिक, आर्थिक र सरकारी अर्थ व्यवस्थाले यो क्षेत्रपछि परेको बताए ।


कर्णालीमा हेलिकप्टरबाट चामलको राजनीति समेत सुरु भएको गुनासो उनले गरे । ‘कर्णालीलाई हेयको दृष्टिले हेरिन्छ,’ उनले भने, ‘गरिब, मागेर खाने मानिसहरूको ठाउँ भनेर चिनिन्छ । छलफलमा उनले कर्णालीको सामाजिक र आर्थिक विकासका लागि पूर्वाधार विकासमा जोड दिने योजना रहेको बताए । ‘यहाँ प्राथमिकताको आधारमा पूर्वाधार विकास भएको छैन,’ उनले भने, ‘हामीले पूर्वाधारलाई उत्पानसँग जोड्ने योजनासमेत बनाएका छौँ ।’

योजनाविद् डा. दिनेशचन्द्र देवकोटा कर्णालीको आफ्नै गौरभ, स्वाभिमान र संभावना भएको बताए । ‘बातावरणीय हिसावले हामी सुरक्षित छौँ,’ उनले भने, ‘यसलाई टेकेरै कर्णाली धेरैअघि बढ्न सक्छ । यहाँको आफ्नै संभावना छ ।’

छलफलमा उनले मुुलुक रुपान्तरणका शिक्षाले पुलको काम गर्ने बताए । ‘आफ्नो आवश्यकताको पहिचान गरेर कृषिलाई शिक्षासँग जोड्नुपर्ने देखिएको छ,’ उनले भने, ‘ज्ञानमा केन्द्रित समाज बनायौँ भने मुलुकको विकास संभव छ ।’ यो सत्रलाई सामाजिक विकास अभियन्ता डा. रेणु अधिकारीले सहजीकरण गरेकी छिन् ।


Author

थप समाचार
x