प्रमुख समाचार

युवाको मृत्युपछि आन्दोलन चर्किदा वीरेन्द्रनगर तनावग्रस्त

युवाको-मृत्युपछि-आन्दोलन

इकागज |
फागुन २४, २०७८ मंगलबार १८:१ बजे

सुर्खेत : प्रहरीको कुटाईबाट युवकको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा तनाव भएको छ । युवाको मृत्यु भएपछि आक्रोशित स्थानीयले वीरेन्द्रनगरमा प्रदर्शन गरेका छन् । उनीहरुले प्रहरी प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयमा पनि क्षति पुर्याउन सुरु गरेका छन् ।

नेपालगन्जबाट शुक्रबार राति भे १ क ९२२ नम्बर ट्रकमा सुर्खेत आएका कालीकोटका युवा व्यापारी ३२ वर्षीय मिनी हमाललाई प्रहरीले रक्सी खाएको भन्दै पक्राउ गरेर कुटपिट गरेको थियो । साथै रहेका ट्रक चालक र सहचालकलाई पनि प्रहरीले कुटपिट गरेको थियो ।

कुटपिट गरेपछि हमाल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा मृत्यु भएपछि वीरेन्द्रनगरका स्थानीय सडकमा उत्रिएर आक्रोशित हुँदै आन्दोलित भएका हुन् ।

आन्दोलनका कारण वीरेन्द्रनगर बजार ठप्प छ । सडकमा गाडी चलाउन रोक लगाइएको छ । प्रहरीले मृत्तकका परिवारलाई वार्तामा बोलाएको छ ।



Author

थप समाचार
x