कर्णाली

कर्णाली उत्सव कुडा कर्णालीका तेस्रो संस्करण आजबाट

इकागज |
फागुन २७, २०७८ शुक्रबार ९:५४ बजे

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव (कुडा कर्णालीका)को तेस्रो संस्करण सुरु हुने भएको छ । वीरेन्द्रनगरको प्रमुख पर्यटकीयस्थल बुलबुले उद्यानमा कार्यक्रमको आयोजना गरिएको हो ।

भोलिदेखि फागुन २९ गतेसम्म चल्ने उत्सवमा यो पटक कर्णालीको आर्थिक समृद्धिसँग जोडिएका विषयमा रहेर विचार, विमर्श गरिने आयोजक संस्था ऋति फाउण्डेशनले जनाएको छ ।  फाउण्डेशनका अध्यक्ष तथा कर्णाली उत्सवका संयोजक कमलराज लम्सालका अनुसार कर्णाली  उत्सव भनेको विचारको उत्सव हो ।  उत्सव चल्ने अवधिभर १२ वटा सत्र सञ्चालन हुनेछन् ।


विशेषगरी कर्णालीको सन्दर्भलाई उठान गर्नेगरी यो वर्ष पनि सत्रहरु सञ्चालन गर्न लागिएको हो । यो पटक उत्सवमा पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’, दोस्रोमा ‘बजार विकास र हजार निकास’, तेस्रो ‘आरन अन्वेषण र आविष्कार’, चौथोमा ‘लगानीमा लगाम’, पाँचौमा ‘झरो–उजेलोको खरो’, छैटौंमा ‘कर्णाली भेरी तीरैतीर भविष्यको पीर’ सत्र सञ्चालन हुनेछन्। सातौँमा ‘रैबार र रैला’, आठौंमा ‘शुन्य समय’, नवौंमा ‘वाद विवाद र संवाद’, दशौँमा ‘विकासको बाटो’, एघारौंमा ‘उमेरको उमंग’ र बाह्रौंमा ‘कर्णाली चिन्तन ं(दीगो विकास र कर्णाली)’ शीर्षकमा सत्रहरु सञ्चालन गरिनेछ ।

पहिलो सत्र ‘कर्णाली भेरी सुसेल्दो छ’मा गंगा केसी, प्रेमदेव गिरी, नन्दकृष्ण जोशी र विजया शर्मा, दोस्रो ‘बजार विकास र हजार निकास’ सत्रमा रेवती गुरुङ, बसन्त अधिकारी, जेबी चौधरी र सुरथ चौधरी, तेस्रो ‘आरन, अन्वेषण र आविस्कार’मा महाविर पुन, सहवीर कामी, डिबी नेपाली, कविता पाण्डे वक्ताका रुपमा रहनेछन् । चौथो सत्र ‘लगानीमा लगाम’मा चन्द्र ढकाल, निरक केसी र तारा शाह, पाँचौ सत्र ‘झरो–उजेलोको खरो’मा गजेन्द्रबहादुर महत, कुलमान घिसिङ र निशा राना वक्ता छन्  ।
 


Author

थप समाचार
x