माओवादी केन्द्रले गर्यो कर्णालीका सांसद विष्टलाइ निलम्बन
फाइल फोटो
सुर्खेत - सांसद विष्ट नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सांसद ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेको छ ।
दलका नेता महेन्द्रबहादुर शाहीले आज प्रेस विज्ञप्ति जारी गर्दै विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जानकारी दिएका हुन् ।
विष्टले राजीनामा पत्रमा सनाखत गरि एमाले पार्टीमा प्रवेश गर्ने तयारी गरेपछि माओवादी केन्द्रले दलको सदस्यबाट निलम्बन गरेको हो ।
उनलाई चैत ३ गते बसेको प्रदेशसभा दलको बैठकले राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो ।
तर त्यो निर्देशन अवज्ञा गरेको भन्दै उनलाई दलको सदस्यबाट निलम्बन गरिएको शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विष्टलाई पार्टीले राजीनामापत्र फिर्ता गर्नको लागि दिइएको तीन दिनको समयसम्म पार्टीमा नफर्किएपछि विष्टलाई निलम्बन गरिएको माओवादीका सांसद सीता नेपाललीले जानकारी दिइन् ।
‘उहाँलाई हामीले तीन दिनको समय दिएर राजीनामा फिर्ता लिनुस भनेका थियौ तर उहाँले त्यो मान्नुभएन’ उनले भनिन्, ‘उहाँले पार्टी प्रवेशको तयारी गरिसकेकाले हाम्रो पार्टीले निलम्बन गरेको हो ।’
सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया