कर्णालीका आठ जिल्लामा सत्ता गठबन्धनको भागबन्डा टुंगियो, कुन दललाई कति ?
सुर्खेत- कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबन्डा टुंगो लगाएको छ । यद्यपी सुर्खेत र रुकुमपश्चिमको भागबन्डाको टुंगो लगाउन भने बाँकी नै छ ।
आठ जिल्लाको विवरणअनुसार माओवादी केन्द्रले प्रमुख/उपप्रमुख गरी ५१, कांग्रेसदे ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ । डोल्पामा माओवादीले तीन प्रमुख र दुई उपप्रमुख, कांग्रेसले एक प्रमुख र तीन उपप्रमुख र समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पाएको छ ।
जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख/उपप्रमुखमा ३/३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ । दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ ।
कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ । माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले तीन प्रमुख र दुई उपप्रमुख पाएको छ।
मुगुमा माओवादीले प्रमुख/उपप्रमुख एक एक र कांग्रेसले दुई दुई पाएको छ । एकीकृत समाजवादीले पनि एक एक पाएको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले पाँचवटा प्रमुख पाउँदा कांग्रेसले भने तीनवटामा चित्त बुझाएको छ भने समाजवादीले तीनवटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ । उपप्रमुख भने माओवादी र कांग्रेसले दुई दुईवटा पाएका छन् ।
एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस/माओवादीले चार चार प्रमुख पाउँदा समाजवादीले दुईवटा प्रमुख र दुईवटै उपप्रमुखमा चित्त बुझाएको छ । माओवादीले उपप्रमुखमा पाँँचवटा पाउँदा कांग्रेसले तीन वटा पाएको छ । जुम्लामा कांग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीनवटा प्रमुख पाएको छ ।
माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुईवटामा चित्त बुझाएको छ । समाजवादीले जुम्लामा पनि एक एकवटामा चित्त बुझाएको छ । कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ । प्रमुख पाँच लिँदा उपप्रमुख चारवटा माओवादीले लिएको छ । कांग्रेसलाई दुई प्रमुख र तीन उपप्रमुख पाएको छ । एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया