सुर्खेतमा गठबन्धन दलले छुट्टाछुट्टै मनोनयन दर्ता गराए
सुर्खेत– स्थानीय तह निर्वाचनका लागि सुर्खेतमा गठबन्धन दलले छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् । गठबन्धनमा दलहरुबीच सहमति नभएपछि दलहरु छुट्टाछुट्टै उम्मेदवारी दिएका हुन् ।
पाँच दिनदेखि नै गठबन्धनका दलहरु प्रयासमा लागेतापनि अन्तिमसम्ममा सहमति हुन सकेन । अन्तिमसम्म पनि कुरा नमिलेकाले आ आफ्नो दलको उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष रत्न गाहले बताए । ‘हामी अन्तिमसम्ममा पनि छलफलमा जुटेका थियौ त्यसैले एक्लाएक्लै जाने निर्णय भयो’ उनी भन्छन्, ‘सोही अनुरुप मनोनयन दर्ता पनि गरायौ ।’ आज सुर्खेतका सबै पालिकामा गठबन्धन दलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा पनि मुख्य दलबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल र उपमेयरमा निलकण्ठ खनालले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट उपेन्द्र खड्काले मेयरमा उम्मेदवारी दर्ता गराए भने उपमेयरमा रामकुमारी थापाले मनोनयन दर्ता गराएकी छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रबाट मेयरमा राजेन्द्र गिरीले उम्मेदवारी दर्ता गराउँदा उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन । यस्तै, नेकपा एस समाजवादीबाट मेयरमा धना जिसी शाहीले उम्मेदवारी दर्ता गरे भने उपमेयरमा थिर बहादुर रावतले उम्मेदवारी दर्ता गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरमा मुकुन्द श्याम गिरीले आफ्नो उम्मेदवारी दर्ता गराए भने उपमेयरमा अन्जु बस्यालले दर्ता गराए बैशाख ३० गतेका स्थानीय तह निर्वाचनका लागि वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता हुनु अघि सबै पार्टीका नेता तथा कार्यकर्ता कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका थिए । ढकाल र खनालको उम्मेदवारी दर्ता गर्न नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज यामलाल कँडेल पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया