कर्णाली

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १३:४४ बजे

जुम्ला- हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो ।   

नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले  सेवा अवरुद्ध हुन पुगेको हो । काठमाडौँबाट सामान मगाइएको उनले जानकारी दिए । 


उनले भने, ‘सामग्री जहाजमा आउँदै छ । काठमाडौँबाट नेपालगञ्ज आइपुगेको छ । अब त्यहाँबाट ल्याउने तयारी भइरहेको छ ।’ सामान आइपुगेपछि टेलिफोन सेवा सुरु हुने उनले बताए । 
 


Author

थप समाचार
x