सुदूरपश्चिम

कञ्चनपुरमा दुई मृत फेला

इकागज |
चैत १७, २०७७ मंगलबार १२:२२ बजे

धनगढी : कञ्चनपुरमा फरकफरक स्थानमा दुई मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका-१ चम्फापुरस्थित राधा नदी नजिकै महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत २९ वर्षीय नरेश सार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतकको  शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको बताए । यस्तै जिल्लाकै कृष्णपुर नगरपालिका-९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक थापाले बताए । शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै उनले दुवै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।



Author

थप समाचार
x