सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १६ गते आह्वान गर्न सिफारिस
धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष आह्वानको सिफारिस गरेको हो ।
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको बताए । मन्त्री रावलका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशनको बैठक बस्ने गरी मन्त्री परिषदले सिफारिस गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया