सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभा बैठक : महिलालाई नसमेटेको गुनासो

इकागज |
जेठ १७, २०७९ मंगलबार १७:५३ बजे

धनगढी- सुदूरपश्चिम प्रदेश सभाकाे १०औँ अधिवेशनले बजेटका प्राथमिकता तथा सिद्धान्तमाथि छलफल गरिरहेकाे छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावलले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका हुन् । 

मंगलबार बसेको प्रदेशसभाको दोश्रो बैठकमा सिद्धान्त र प्राथमिकतामा छलफल सुरू भएको हो । छलफलमा सुझाव राख्ने क्रममा प्रदेशसभा सदस्यहरूले महिलाका बारेमा बजेटको सिद्धान्त र प्राथमिकतामा नपरेकोमा आपत्ति जनाएका छन् ।


प्रदेशसभा सदस्य सुशीला बुढाथोकीले महिलामाथि सुदूरपश्चिममै सबैभन्दा बढी उत्पीडन हुने गरे पनि त्यसलाई न्यूनिकरण गर्ने कुनै योजना नआएको गुनासो गरिन् । महिलालाई आत्मनिर्भर नबनाएसम्म कुरीतिको अन्त्य हुन नसक्ने र आगामी बजेटमा महिला आत्मनिर्भरमुखी योजना ल्याउन उनले सुझाब दिइन् । 

प्रदेशसभा सदस्य भरत खड्काले पनि बजेटको प्राथमिकता र सिद्धान्तमा महिलाका बारेमा केही उल्लेख नभएमा असन्तुष्टि व्यक्त गरे । उनले दलित, महिलालाई कतै नसमेटेर प्राथमिकता सार्वजनिक गरिएकोले बजेटमा त्यसलाई समेट्न आग्रह गरे । 


Author

थप समाचार
x