सुदूरपश्चिम

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

इकागज |
जेठ २२, २०७९ आइतबार २०:७ बजे

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभाको १०औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले नीति तथा कार्यक्रममा प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय गरेका आवश्यकताका आधारमा अघि बढाइने, प्रदेश आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष कार्यक्रम सञ्चालन गरिने तथा अर्थतन्त्रको सवलीकरणका लागि स्वदेशी र विदेशी लगानीकर्ता भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गरिने जनाइएको छ ।


त्यस्तै अत्यावश्यक बाहेक नयाँ सवारीसाधन खरिद नगर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने, खालि जग्गा र प्राकृतिक तालतलैयामा माछा पालन गरिने, कृषि एम्बुलेन्स सञ्चालन गरिने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।


Author

थप समाचार
x