सुदूरपश्चिम

दोधारा–चाँदनी झोलुङ्गे पुलमा आवतजावत बन्द

इकागज |
असार ३, २०७९ शुक्रबार १६:१७ बजे

कञ्चनपुर - कञ्चनपुर स्थित एसियाकै दोस्रो लामो दोधारा–चाँदनी झोलुङ्गे पुलको मर्मत सम्भारको कार्य अन्तिम चरणमा पुगेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारको करिब ८४ लाख ७० हजार रुपैयाँको लगानीमा गत बर्ष फागुनमा सम्झौता गरि २०७९ असार ३१ गते सम्पन्न गर्ने सहमति भएको थियो । 


डडेल्धुराको देवभुमी कन्स्ट्रक्सनसंग सम्झौता गरि काम शुरु गरिएको  पुर्वाधार विकास कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

पुल मर्मतको काम भइरहेको बताउदै भिमदत्त नगरपालिकाले बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ८ बजेसम्म पुलमा आवतजावत बन्द गरेको छ । 

१८ वर्ष पहिले २०६१ सालमा निर्माण गरिएको १ हजार ४५२.९६ मिटर लम्बाई र १.६ मिटर चौडाईको पुल निर्माण भएपछि महाकाली नदी पारीको माहाकाली नगरपालिका र महाकाली नदी वारीको भीमदत्त नगरपालिकासहित नेपालका अन्य भू–भागको प्रत्यक्ष आवागमन सुरु भएको थियो । त्यस अघि भारतको बाटो भएर आवत–जावत गर्ने गरिन्थ्यो


Author

थप समाचार
x