सुदूरपश्चिम

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने देउवाको प्रतिबद्धता

इकागज |
असार ४, २०७९ शनिबार ११:३६ बजे

कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । देउवाले शनिबार धनगढी उपमहानगरको नवनिर्मित भवन उद्घाटन गरेका हुन् ।

भवन उदघाटन गर्दै प्रधानमन्त्री देउवाले गेटामा निर्माण भइरहेको मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यस विषयमा तत्काल विधेयक ल्याएर काम अघि बढाउने बताए ।


‘गेटा मेडिकल कलेज प्रतिष्ठान सम्बन्धी ऐन ल्याएर काम अघि बढ्छ ’उनले भने ‘यो विषय उठाइदिनु भएकोमा मेयर गोपाल हमाललाई धन्यवाद ।’

त्यस्तै प्रधानमन्त्री देउवा हिजो सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सरिक हुन कञ्चनपुर पुगेका थिए । 

हिजै प्रधानमन्त्री देउवा नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिले आयोजना गरेको स्थानीय पालिकाहरूमा निर्वाचित नौ वटै स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रममा समेत सरिक भएका थिए ।


Author

थप समाचार
x