सुदूरपश्चिम

धनगढीकाे नगरसभामा विवाद, एमाले र माओवादीका जनप्रतिनिधिले फाले कुर्सी

इकागज |
असार २०, २०७९ सोमबार १५:४१ बजे

फाइल तस्वीर

कैलाली । धनगढी उपमहानगरको आठौ नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ । सो क्रममा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरिएको भन्दै विरोध गरेकी थिइन् ।

उ​पमेयर रानाले मेयर गोपाल हमाल र प्रशासकीय अधिकृतले एकलौटीरुपमा कुनै सल्लाह नगरेर बजेट पुस्तिका (रातो किताब ) प्रकाशित गरेको बताइन् । उपमेयर रानाले विरोध गरेपछि एमाले र माओवादी पक्षका जनप्रतिनिधिले कुर्सी उठाएर फालेका थिए ।


कांग्रेसले भने मेयर हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेको छ ।


Author

थप समाचार
x