सुदूरपश्चिम

चट्याङ लागेर मृत्यु भएकाका परिवारलाई राहत वितरण

इकागज |
असार २४, २०७९ शुक्रबार १७:३५ बजे

कैलाली- गत असार १४ गते चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत रकम वितरण गरिएको छ।

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर १ रानामुरा गाउँ बस्‍ने ५६ वर्षीया सुखपंखीदेवी चौधरीको परिवारलाई कैलालीका प्रमुख जिल्ला अधिकारीले नगद दुई लाख रूपैयाँ हस्तान्तरण गरिएको हो।


'विवद् पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०७७' बमोजिम मृतकका श्रीमान‍् परनुराम डगौंरालाई कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले घरमा पुगेर नगद हस्तान्तरण गरेका हुन्।


Author

थप समाचार
x