सुदूरपश्चिम

पत्रकार महासंघ सुदूरपश्‍चिमको अध्यक्षमा रावल, कुन जिल्लामा कसले जिते ?

६ जिल्लामा प्रेस युनियन र दुईमा चौतारीका उम्मेदवार विजयी

इकागज |
चैत २७, २०७७ शुक्रबार ११:२९ बजे

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा योगेश रावल प्यानलसहित विजयी भएका छन् । प्रेस युनियनको नेतृत्वमा रहेको संयुक्त प्यानलबाट उम्मेदवार बनेका रावलले प्रेस चौतारीका कृष्णबहादुर ओलीलाई पराजीत गरेका हुन् । रावलले ७५६ मत पाए भने अनेलीले २९२ मत पाए । 

यस्तै प्रदेश समितिको उपाध्यक्षमा संयुक्त प्यानलका योगेन्द्रबहादुर बलायर, महासचिवमा संयुक्त प्यानलकै रामसिंह ठगुन्ना विजयी भएका छन् । सचिवमा हरिप्रसाद जोशी, सचिव (समावेशी) मा प्रेम चुनारा र कोषाध्यक्षमा रामबहादुर धामी विजयी भएका छन् । 


कुन जिल्लामा को ? 
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ८ जिल्लामा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन भएको छ । बैतडीमा मनोनयन दर्ताकै क्रममा विवाद भएपछि चुनावी प्रक्रिया नै रोकिएको थियो भने अन्य ८ जिल्लामा मतगणना सकिएको छ । ८ जिल्लामध्ये ६ जिल्लाको अध्यक्षमा प्रेस युनियन र दुई जिल्लाको अध्यक्षमा चौतारीका उम्मेदवार विजयी भएका छन् । कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा र बझाङमा प्रेस युनियन, दार्चुलामा प्रेस चौधरी (ओली समूहनिकट) र डडेल्धुरामा प्रेस चौतारी (माधव समूहनिकट) का उम्मेदवार अध्यक्षमा विजयी भएका हुन् । 

कैलाली
नेपाल पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा हिमाल जोशी विजयी भएका छन् । उनले प्रेस युनियनको तर्फबाट आधिकारिक उम्मेदवार श्रवण देउवा र प्रेस चौतारीका उम्मेदवार सुशील ढुङ्गानालाई पराजित गरेका हुन् । जोशीले ८६, देउवाले ७९ र ढुङ्गानाले १४ मत पाए । 

यस्तै उपाध्यक्षमा हरिश विक, महिला उपाध्यक्षमा दुर्गा देवकोटा, सचिवमा प्रेम चौधरी, सह सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा लक्ष्मीप्रसाद जैशी निर्वाचित भएका छन् । सदस्यहरूमा कैलाश जोशी, दिपकप्रसाद उपाध्याय, रतनलाल चौधरी, नेत्रप्रसाद जैशी, सुनिल आउजी, नवराज पनेरु, अंकुशबहादुर कुँवर, शंकर बोहरा र कृष्णप्रसाद ओझा विजयी भएका छन् । 

कञ्चनपुर
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको अध्यक्षमा माधवसिंह धामी निर्वाचित भएका छन् । प्रेस युनियन, प्रेस संगठन नेपाल र प्रेस चौतारी (नेपाल) समूहका तर्फबाट संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रेस चौतारी (ओली) समूहका अध्यक्ष पदका उम्मेदवार सुरेशसिह धामीलाई ४८ मतले हराउँदै संयुक्त प्यानलका उम्मेदवार धामी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा विजयी धामीले ११७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वद्वी सुरेश सिह धामीले मात्र ६९ मत ल्याए । अध्यक्ष पदका अर्का उम्मेदवार प्रेस युनियनका शेर बहादुर सिहले २५ मत ल्याए । उपाध्यक्षमा ओली समूह चौतारीका उम्मेदवार भवानी दत्त भट्ट निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा संयुक्त प्यानलका हेमन्ती डगौरा(चौधरी), सचिवमा प्रेस सेन्टरका राजेन्द्रप्रसाद अवस्थी, कोषाध्यक्षमा जयदेव जोशी, सहसचिवमा धुव्रराज अवस्थी र पहिलाद राना विजयी भएका छन् । 

अछाम
पत्रकार महासंघ अछामको अध्यक्षमा प्रेस युनियनका खम्मसिंह खत्री विजयी भएका छन् । उपाध्यक्षमा गीता कुँवर र रमेश रावत विजयी भएका छन् भने सचिवमा पूर्णबहादुर खड्का विजयी भएका छन् । यस्तै सहसचिवमा भवराज भण्डारी, सहसचिव (समावेशी) मा सरिता खड्का विजयी भएका छन् भने कोषाध्यक्षमा भवानी प्रसाद भण्डारी विजयी भएका छन् । सदस्यमा पवित्रा खड्का, सुशील बटाल, राकेश ताम्राकार, दिनेश केसी, सुवास अधिकारी, सागर देवकोटा र तारामान खड्का विजयी भएका छन् । 

दार्चुला
नेपाल पत्रकार महासंघ दार्चुलाको अध्यक्षसहित सबै पदमा प्रेस चौतारीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कृष्ण सिंह धामी, उपाध्यक्षमा सन्तोष सिंह कोट्टारी, महिला उपाध्यक्षमा, विमला भुजेल सचिवमा गगन सिंह विष्ट, सह सचिवमा लोकेन्द्र प्रसाद जोशी, समावेशी सह सचिवमा ईश्वरी बुढाथोकी, कोषाध्यक्ष राम सिंह धामी विजयी भएका छन् । सदस्यहरूमा मानसिंह कुवर, जनकराज भट्ट, श्यामसिंह सामन्त, उद्धवसिंह धामी, रमेशसिंह खत्री, निरजसिंह धामी विजयी भएका छन् । 

डडेल्धुरा
महासंघ डडेल्धुराका अध्यक्षमा हिक्मत सिंह विजयी भएका छन्। युनियनका बरुण पनेरुलाई हराउँदै चौतारीका सिंह विजयी भएका हुन् । उपाध्यक्षमा गणेश रोका र निर्मला भट्ट सचिवमा पुष्कर भण्डारी, कोषाध्यक्षमा ललित बोहर , सह सचिवमा भूपेन्द्र बिष्ट र प्रकाश पार्की निर्वाचित भएका छन् । सदस्यहरूमा टिकाराम साउद, हर्क चन्द, आशिष मल्ल, भीम खत्री, दीपकराज भट्ट, ममता भट्ट, भक्त गाहामगर, विमल जैरु र भावना पौडेल विजयी भएका छन् ।

डोटी
डोटी जिल्ला शाखाको अध्यक्षमा युनियनका मोहन शाही निर्वाचित भएका छन् । उपाध्यक्षमा अरुण बम र सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कुवर, सह सचिवमा चक्र मल्ल र सरिता कठायत विजयी भएका छन् । एकेन्द्र चन्द, टेक चन्द, नारायण दत्त पनेरु, लोकराज पाठक र विक्रम खड्का सदस्यमा विजयी भएका छन् । 

बझाङ
बझाङको अध्यक्षमा युनियनका शैलेन्द्र रोकाया विजयी भएका छन् । सम्राट सिंह उपाध्यक्ष, ललित सिंह सचिव, दोरेन्द्र खड्का सहसचिव, सुवास कठायत कोषाध्यक्ष रहेका छन् । त्यस्तै सदस्यहरूमा धुर्व बिष्ट, आशिष सिंह, बिष्णु खड्का, दिनेश बोहरा, अशोक खड्का, उत्तम थापा, झलक सिंह र बिर्ख बोहरा विजय भएका छन् । समावेशी उपाध्यक्षमा विना रोकाया र सहसचिवमा तरुणा जोशी निर्विरोध निर्वाचित भएका थिए । 

बाजुरा
नेपाल पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेस युनियनका छक्कबहादुर मल्ल निर्वाचित भएका छन् । प्रेम बहादुर विकलाई हराउँदै मल्ल विजयी भएका हुन् । विकले ४४ मत पाएका थिए भने मल्लले ५३ मत पाए । उपाध्यक्षमा कालिका उपाध्यायलाई हराउँदै सङ्गीता तिमेल्सेना विजयी भइन् । सचिवमा अनिल शाही, सहसचिवमा गङ्गाराम पण्डित र कोषाध्यक्षमा नहकुल जोशी विजयी भएका छन् । सदस्यमा भुवनेश्वर शाही, सरिता नेपाली, ईश्वर नाथ, देवराज पाध्याय, प्रमित विक, प्रशान्तराज जोशी, मानबहादुर ऐडी र रामबहादुर विक निर्वाचित भएका छन् ।


Author

थप समाचार
x