सुदूरपश्चिम

डेउडा प्रतियोगिता हुँदै

इकागज |
भदौ ६, २०७९ सोमबार १७:५० बजे

कैलाली- 'सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता' हुने भएको छ। डेउडा प्रतिष्ठानको आयोजनामा भदौ १७ गतेदेखि १९ गतेसम्म गौरा महोत्सव तथा डेउडा प्रतियोगिता हुने भएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दलबहादुर बोगटीले आज आयोजित पत्रकार सम्मेलनमा कला संस्कृतिको सम्बर्द्धन तथा प्रचारप्रसार गर्नका लागि धनगढीमा गौरा महोत्सव र डेउडा प्रतियोगिता गर्न लागिएको बताए ।


महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगितासँगै सुदूरपश्चिमका ९ वटै जिल्लाका झाँकी प्रदर्शनी, गौरा प्रदर्शनी, लोकबाजाको प्रदर्शन, लोक नृत्य तथा लोक गायन, अग्रज श्रष्टालाई सम्मान र कलाकारको प्रस्तुती रहने सास्कृतिक समितिका संयोजक सुरत रावत (डोटेली कान्छा) ले  जानकारी दिए। 

त्यस्तै डेउडा प्रतियोगिताका विजेतालाई २५ हजार १११, दोस्रो हुने टिमलाई १७ हजार १११, तेस्रोलाई ११ हजार १११ र चौथोलाई ५ हजार १११ नगद प्रदान गरिने सांस्कृतिक समितिका संयोजक रावतले बताए।


Author

थप समाचार
x