सुदूरपश्चिम

कैलालीमा चार सय घर डुबानमा

इकागज |
भदौ १७, २०७९ शुक्रबार १६:३० बजे

कैलाली- कैलालीमा गएराति भएको वर्षाका कारण करिब चार सय घर डुबानमा परेका छन् । गएराति भएको वर्षाका कारण विभिन्‍न नदीमा आएको बाढीले जिल्लाभर ३८० भन्दा बढी घर डुबानमा परेको हो । भजनी नगरपालिकामा सबैभन्दा बढी डुबानमा परेको छ । भजनी भएर बग्‍ने काँढा, पथरैया, मोहना नदीको बाढीले ३२७ जति घर डुबानमा परेको भजनीका पत्रकार जयबहादुर बुढाले बताए । 

उनका अनुसार वडा नम्बर ८ मा मात्रै करिब २०० घर डुबानमा परेको छ । त्यस्तै, वडा नम्बर २ मा एक सयभन्दा बढी घर र वडा नम्बर ३ मा केही घर डुबानमा परेको छ । घरहरूमा पानी पसेर खाद्यान्‍न, अन्‍न भिजेको जनाइएको छ । यसैगरी, कटैनी नदीको बाढी पसेर कैलारी गाउँपालिका-७ को बड्का बसन्ता, छटकपुर बसन्ता र भुईयाँफाँटा गरी ५० भन्दा बढी घर डुबानमा परेका छन् ।


 


Author

थप समाचार
x