सुदूरपश्चिम

सुदूरपश्चिममा दुई मन्त्री फेरिए

इकागज |
भदौ ३१, २०७९ शुक्रबार १९:२७ बजे

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले जाँदाजाँदै दुई जना मन्त्री नियुक्ति गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा राज्यमन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उनीहरुको आजै पद तथा गोपनियताको सपथ ग्रहण रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले जानकारी दिए ।



Author

थप समाचार
x