सुदूरपश्चिम

६६ जनाको पीसीआर परीक्षण गर्दा ३१ जनामा संक्रमण

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १६:२ बजे

धनगढी : सुदूरपश्चिमका थप ३१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । शुक्रबार सेती प्रादेशिक अस्पतालको प्रयोगशाला ६६ जनाको परीक्षण गर्दा झण्डै ४७ प्रतिशत अर्थात ३१  जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका २५ जना, घोडाघोडी नगरपालिकाका दुई जना, चुरे गाँउपालिकाका  एक जना, टीकापुर नगरपालिकाका एक जना, डोटीको बडिकेदार गाँउपालिकाका एक जना र कञ्चनपुरको भीदत्तदत्त नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हाल अस्पतालमा १६ जना  संक्रमित उपचाररत रहेको श्रेष्ठले जानकारी दिए ।



Author

थप समाचार
x