सुदूरपश्चिम

कैलालीमा थप एक कोभिड-१९ संक्रमितको मृत्यु

इकागज |
बैशाख ४, २०७८ शनिबार ११:१५ बजे

धनगढी : कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका १० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । 

श्रेष्ठकाअनुसार उनमा कडा खालको लक्षण देखिएको थियो । शुक्रबार संक्रमण देखिएका उनलाई शुक्रबार नै अस्पताल भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।



Author

थप समाचार
x