सुदूरपश्चिम

कैलाली र कञ्‍चनपुरका विद्यालय बन्द गर्ने निर्णय

इकागज |
बैशाख ६, २०७८ सोमबार १७:२६ बजे

फाइल तस्‍बिर

धनगढी :  कैलालीको र कञ्चनपुरका सहरी क्षेत्रका स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । कैलालीको धनगढी उप–महानगरपालिकाले जिल्ला संकट व्‍यवस्थापन केन्द्रको आग्रह अनुसार बैशाख १५ गते सम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

कोभिडको जोखिम बढेकाले जिल्ला संकट व्‍यवस्थापन केन्द्र कैलालीको बैठकले विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको थियो । भौतिक उपस्थितिमा पठनपाठन बन्द भए पनि अनलाइन कक्षा संचालन गर्ने निर्णय पनि धनगढी उप-महानगरपालिकाले गरेको छ । 


धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले सबै पक्षहरूसंग सुझाव लिएपछि १९ वटै वडाका वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलपछि निर्णयमा पुगेको बताइन्। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर भित्रका सम्पूर्ण विद्यालय बन्द गरेको छ । 

संक्रमण बढ्दै गएपछि बैशाख ७ गतेदेखि १५ गतेसम्म बिद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । कोभिडको संक्रमण बढेकाले सबै विद्यालय तथा कोचिङ सेन्टर, मन्टेश्वरी, टयुसन सेन्टर लगायतका अन्य सम्बन्धित इन्सटिच्युटहहरु बन्द गरिने निर्णय गरिएको हो । यस्तै बैशाख २६ गतेदेखि शैक्षिक सत्रको बार्षिक परीक्षा संचालन गरिने, कक्षा १० का आन्तरिक परीक्षा स्वास्थ्य मापदण्ड पूरागरी संचालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।


Author

थप समाचार
x