सुदूरपश्चिम

बेपत्ता युवक चार दिनपछि भेटिए

इकागज |
बैशाख ८, २०७८ बुधबार ६:२ बजे

डोटी : सेती नदीमा बेपत्ता भएका युवकको शव मंगलबार फेला परेको छ । गत शनिबार सेती नदीमा नुहाउन गएका बेला एकाएक बेत्ता भएका जिल्लाको सायल गाउँपालिका-४ डौडका ३१ वर्षीय सूर्यबहादुर बोगटीको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहदुर मल्लले जानकारी दिए ।

उनका अनुसार बेपत्ता भएका बोगटीको शव दिपायल सिलगढी नगरपालिका-४ रातमाटी नजीकको सेती नदीमा फेला परेको हो । नदीको बीच भागमा भेटिएको शव नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी टोलीले निकालेको हो । रासस



Author

थप समाचार
x