सुदूरपश्चिम

धनगढीमा पनि चल्यो डोजर

इकागज |
कात्तिक १६, २०७९ बुधबार १५:२२ बजे

कैलाली- धनगढी उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक चौडा गर्ने कार्यको सुरुवात गरेको छ । उपमहानगरपालिकाले यसअघि सूचना जारी गर्दै सडक क्षेत्र खाली गर्न भनेको थियो । सोही अनुरूप आजदेखि सडक क्षेत्रमा पर्ने संरचना हटाउन सुरु गरिएको हो ।

उपमहानगरका मेयर गोपाल हमाल स्वयं उपस्थित भइ सडक क्षेत्रभित्र पर्ने संरचनामा डोजर चलाइएको हो । 


सेती प्रादेशिक अस्पतालको स्वामित्वमा रहेको प्रदेश स्वास्थ्य कार्यालय, रक्तसञ्चार केन्द्र लगायतका संरचनामा डोजर चलाइएको हो । यसअघि छठपछि संरचना भत्काउने सूचना जारी गरेका कारण आजदेखि डोजर चलाइएको मेयर हमालले बताए । 

उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पस रोडसम्म सडकको दुवैतिर १५/१५ मिटरभित्र पर्ने संरचना हटाउन सूचना जारी गरेको थियो ।


Author

थप समाचार
x