भारतबाट फर्केका पुरुषको कोभिडले मृत्यु
सांकेतिक तस्बिर
धनगढी : अछाममा कोभिड-१९ का कारण एक जनाको ज्यान गएको छ । जिल्लाको साँफेबगर नगरपालिका-६ भागेश्वरका ६५ वर्षका एक पुरुषको मृत्यु भएको हो ।
भारतको गुजरातबाट उनी १५ दिन पहिले घर फर्किएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा गरिएको पिसिआर परीक्षणमा ५ गते कोभिड संक्रमण भएको पुष्टि भएको थियो । आज बिहान साढे ७ बजे जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया