Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

चुनाव २०७९ : सुदूरपश्चिममा १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन

इकागज |
कात्तिक २६, २०७९ शनिबार १०:२४ बजे

फाइल तस्बिर

कैलाली- मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार ८५९ सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनलाई शान्तिपूर्ण र भएरहित वातावरणमा  सम्पन्न गर्न ११ हजार ५५९ म्यादी प्रहरी र बाँकी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर ६ हजार ३ सय सुरक्षाकर्मी परिचालन गरिएका छन् । 

निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोलाबहादुर रावलले बताए । उनले निर्वाचनका बेला १७७ वटा मोबाइल टोली परिचालित हुने बताए ।  


त्यस्तै २० वटा रिजर्भ टिम समेत तयारी अवस्थामा राखिएको सुचना अधिकारी एसएसपी रावलले बताए । उनले सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन हुने बताए । यसैगरि मतदानस्थलमा भने निर्वाचनको तीनदिन अगाडि मात्रै सुरक्षाकर्मी खट्नेछन् । 

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीमा २ हजार ८१२, कञ्चनपुरमा १ हजार ६३२, बाजुरामा ७४९, डोटीमा ९५३, डडेल्धुरामा ९३७, अछाममा १ हजार २६८ म्यादी प्रहरी परिचालन गरिएको छ । त्यसैगरी बझाङमा १ हजार १८८, दार्चुलामा ८२९ र बैतडीमा १ हजार १९१ अन्य सुरक्षाकर्मीसंग म्यादी प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एसएसपी रावलले जानकारी दिए ।
 


Author

थप समाचार
x