सुदूरपश्चिम

कैलाली र कञ्चनपुरमा ‘नाइट लकडाउन’

इकागज |
बैशाख १३, २०७८ सोमबार १४:३३ बजे

धनगढी : कैलाली र कञ्चनपुरमा आजदेखि ‘नाइट लकडाउन’ जारी हुने भएको छ । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भइरहेको अन्तर जिल्ला बैठकले यस्तो निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले जानकारी दिएका छन् ।

‘राति ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुलमा प्रतिवन्द लगाउने सहमती भएको छ,’ उनले भने, ‘यो निर्णय आजैदेखि कार्यान्वयन हुन्छ । नाइट लकडाउन भन्दा हुन्छ ।’


उनका अनुसार रातिको समयमा हिडडुलमा प्रतिवन्द लगाउने निर्णय कार्यान्वयन नभए दुई/तीन दिनभित्रै पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरिनेछ । यस्तै दुबै जिल्लामा भोलिदेखि सार्वजनिक सवारी साधन जोरविजोर प्रणालीमा सञ्चालन गर्ने, जिल्लाका सबै शैक्षिक संस्था बन्द गर्ने र भारतमा सामान खरिदका लागि आवागमन बन्द गर्ने पनि सहमती भएको छ ।


Author

थप समाचार
x