भारतमा कोभिड-१९ पुष्टि, नेपालमा मृत्यु
प्रतिकात्मक तस्बिर
धनगढी : कञ्चनपुरमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका-११ का ४० वर्षीय पुरुषको मृत्यु भएको सूचना अधिकारी नारद भट्ट जानकारी दिए ।
भारतको दिल्लीबाट आउँदा सोमवार दिउसो गड्डाचौकी नाका पुगेका उनलाई नाकामै स्वास्थ्यमा समस्या बढेपछि एम्बुलेन्समा राखेर अस्पतालको आईसियूमा राखिएको थियो । सूचना अधिकारी भट्टकाअनुसार उनलाई केही दिनअघि मात्रै भारतमा कोरोना पुष्टि भएको थियो । सोमबार कञ्चनपुरमा एन्टिजेन परीक्षण गर्दा पनि उनमा संक्रमण पुष्टि भएको थियो । भारतबाट संक्रमण पुष्टि भएका व्यक्ति आउन थालेपछि जोखिम बढेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया