सुदूरपश्चिम

कैलालीमा १६ गतेदेखि निषेधाज्ञा

इकागज |
बैशाख १४, २०७८ मंगलबार १३:३२ बजे

धनगढी : कैलालीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार जिल्ला संकट व्यवस्थापनको बैठकले १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

अहिलेलाई एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । सो अवधिमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने उनले बताए ।



Author

थप समाचार
x