Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

सुदूरपश्चिममा एमाले : प्रदेश सभातर्फ ६ र प्रतिनिधितर्फ ७ जिल्लामा निल

इकागज |
मंसिर २८, २०७९ बुधबार १८:५२ बजे

धनगढी- सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ ।

मंसिर–४ गते भएको प्रतिनिधि तथा प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीमा एमालेले प्रदेशतर्फ तीन र प्रतिनिधि सभातर्फ दुई जिल्लामा मात्रै जित हासिल गर्न सकेको हो ।


प्रदेशका ९ जिल्ला मध्य नेकपा एमालेले प्रतिनिधि सभातर्फ कञ्चनपुर क्षेत्र नम्बर–१ र बैतडीमा मात्रै सफलता पाएको हो । कञ्चनपुर क्षेत्र नम्बर–१ बाट नेकपा एमालेका तारालामा तामाङ र बैतडीबाट दामोदर भण्डारी विजयी भएका हुन् । 

प्रत्यक्षतर्फका १६ मध्ये १५ स्थानमा उम्मेदवारी दिएको एमालेले १३ स्थानमा पराजय व्यहोरेको हो, भने ७ जिल्लाबाट नै निल भएको हो । नेकपा एमाले प्रतिनिधि सभातर्फ कैलाली, डडेल्धुरा, डाेटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो ।

प्रदेश सभातर्फ नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर–१ को प्रदेश क्षेत्र (क), बैतडीको प्रदेश सभा क्षेत्र (क) र डाेटीको प्रदेश सभा क्षेत्र क मा मात्रै जित हासिल गरेको हो।

प्रदेश सभामा एमालेबाट कञ्चनपुर क्षेत्र नम्बर–३ को प्रदेश सभा क्षेत्र (क) मा वीरबहादुर थापा, डोटी प्रदेश सभा क मा चक्र मल्ल र बैतडी प्रदेश सभा क्षेत्र (क) मा सुरेन्द्र पाल निर्वाचित भएका हुन् ।

प्रत्यक्षतर्फ प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र मध्य ३१ ठाउँमा उम्मेदवारी दिएको एमालेले २८ प्रदेश सभा क्षेत्रमा पराजय व्यहोरेको हो, भने ६ जिल्लामा निल भएको हो ।
नेकपा एमाले प्रदेश सभातर्फ कैलाली, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ र दार्चुलामा निल भएको हो ।


Author

थप समाचार
x