सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

इकागज |
पुस ३, २०७९ आइतबार १८:५० बजे

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिइएको छ। आइतबार सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसियसनद्वारा ऋणको ब्याजदरमा भएको वृद्धि, चालू पुजीकर्जा मार्ग निर्देशन २०७९ र बैंक नीति नियमको विरोधमा धर्ना दिइएको हो।

 यसअघि नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक बिनोद लेखक मार्फत बैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएको थियो । अटोमोबाइल्स डिलर्स एसोसियसनका प्रदेश अध्यक्ष तथा नाडा अटोमोबाईल्स डीलर्स एसोसियसन नेपालका केन्द्रीय सदस्य पुष्कर ओझाले ज्ञापन बुझाएको बताए ।



Author

थप समाचार
x