सुदूरपश्चिम

दिल्लीमा अक्‍सिजन पाइएन, उपचार गर्न महेन्द्रनगर ल्‍याउँदै गर्दा बाटोमै मृत्‍यु

इकागज |
बैशाख १५, २०७८ बुधबार १२:२१ बजे

धनगढी : सुदूरपश्चिमेली नेपाली समाज भारत, दिल्ली राज्य समितिका पूर्वकोषाध्यक्ष मनोज भट्टको कारोना संक्रमणका कारण मृत्यु भएको छ । धनगढीको फुलबारी घर भएका भट्ट भारतको दिल्लीमा काम गर्दै आएका थिए।

दिल्लीमा अक्सिजनको कमी भएपछि महाकाली अस्पताल महेन्द्रनगर ल्याउदै गर्दा भारतको मुरादाबादमा मृत्यु भएको हो । सुदूरपश्चिमेली नेपाली समाज भारतका अध्यक्ष दीपक मल्लले भारतका दर्जनौ अस्पतालमा भर्नाको लागि ठाउँ नपाउदा नेपाल ल्याउदै गर्दा मृत्यु भएको बताए ।


उनले भने, `केही दिनअघि कोरोना पुष्टि भएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो । तर दिल्लीमा अस्पताल नै खाली थिएनन् । उपचार नै नपाएर ज्यान गयो ।´


Author

थप समाचार
x