सुदूरपश्चिम

सुदूरपश्‍चिममा ३७० को परीक्षण गर्दा २२७ मा कोभिड-१९ संक्रमण

इकागज |
बैशाख १५, २०७८ बुधबार १५:५६ बजे

धनगढी : सुदूरपश्चिम प्रदेशका थप दुई सय २७ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा दुई सय २७ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार तीन सय ७० जनाको कोभिड–१९ परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी कैलालीको धनगढीका एक सय ३६ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । अहिले अस्पतालमा ५२ जना संक्रमितको उपचार भइरहेका छ । तीन जनाको भेन्टिलेटर र ८ जना आइसियूमा उपचार भइरहेको छ । २३ जनाको अक्सिजन सहायतामा उपचार भइरहेको छ ।



Author

थप समाचार
x