सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीकाे दाबी

इकागज |
पुस १४, २०७९ बिहीबार १७:१३ बजे

कैलाली- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा आफ्नो दाबी रहने बताइन् । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै त्यसका लागि पहल सुरु गरिसकेको बताइन् ।


नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार गठन भए कैलाली निर्वाचन क्षेत्र नम्बर २ 'ख' बाट निर्वाचित रामेश्वर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना रहेको श्रोतले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा ५२ सदस्य रहेका छन् । प्रदेशसभामा सरकार गठनका लागि २७ सिट आवश्यक पर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसको १९, नेकपा एमालेको ११, माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ति पार्टीको ७ र एकीकृत समाजवादीको ४ सिट छ । एकीकृत समाजवादीकै एक नेताले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन् ।


Author

थप समाचार
x