सुदूरपश्चिमका सांसदले लिए शपथ
कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्यको आज शपथ ग्रहण सम्पन्न भएको छ । प्रदेशसभाको ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका छन् ।
त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका थिए । प्रदेशसभा सदस्यहरुका लागि नेपाली र मातृभाषामा शपथ ग्रहण गराइएको थियो ।
जसमा नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली काँग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीता चौधरीले मातृ भाषामा शपथ ग्रहण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाका ६ जना सदस्य बाहेक अन्यले भने नेपाली भाषामा शपथ ग्रहण गरेका छन् ।
सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया