सुदूरपश्चिम

डडेल्धुरामा १९ गतेदेखि निषेधाज्ञा

इकागज |
बैशाख १७, २०७८ शुक्रबार १६:३१ बजे

धनगढी : डडेल्धुरामा बैशाख १९ गतेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिने भएको छ। कोरोना भाइरसको संक्रमण दर जिल्लामा पनि उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक हप्ता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

बैशाख १९ गते बिहान ६ बजेदेखि २५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने छन् । 


अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा बित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी कागजातका आधारमा सञ्चालन हुनेछन् ।

खाद्य सामग्रीका पसलहरु बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र खोल्न पाइने छ । सुदूरपश्चिमका कैलाली र कञ्चपुरमा बिहीबारदेखि निषेधाज्ञा लागू छ ।


Author

थप समाचार
x