सुदूरपश्चिम

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एमालेका रावलले गरे दाबी पेश

इकागज |
पुस २७, २०७९ बुधबार १७:२९ बजे

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेतासमेत रहेका राजेन्द्र रावलले दावी पेस गरेका छन् । प्रदेश प्रमुख देवराज जोशी समक्ष रावलले दावी पेस गरेका हुन् ।

महिना दिनभित्रै रेशम चौधरीको रिहाइ गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रतिवद्धतापछि नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन दललाई समर्थन गर्ने निर्णय गरेसंगै रावल मुख्यमन्त्री बन्ने भएका हुन् ।


सत्ता गठबन्धनले सुदूरपश्चिममा एमालेलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । प्रदेशमा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी चार दलको समर्थनमा एमालेले मुख्यमन्त्री पाउने पक्का भएको हो ।


Author

थप समाचार
x