सुदूरपश्चिम

शासकीय प्रणाली सुधार गर्ने मुख्यमन्त्री रावलको पहिलो निर्णय

इकागज |
पुस २८, २०७९ बिहीबार २०:२६ बजे

धनगढी- ​सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शासकीय सुधार गर्ने पहिलो निर्णय गरेका छन् ।

बिहीबार आयोजित शपथ कार्यक्रमपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री रावलले शासकीय प्रणालीमा सुधार गर्ने निर्णय गरेका हुन् ।


त्यसका लागि मुख्यमन्त्री रावलले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामूलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल समेत गठन गरेका छन् ।

उक्त कार्यदलमा सबै मन्त्रालयका सचिव सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको जनाइएको छ ।


Author

थप समाचार
x