सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित

इकागज |
पुस २९, २०७९ शुक्रबार १३:१० बजे

कैलाली । आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेको जनाएको छ । सभामुख चयनका लागि पुन: निर्वाचन गर्ने गरि हिजो साँझको बैठक स्थगित गरिएको थियो ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुवै उम्मेदवारले बहुमत पाउन सकेनन् । हिजो भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सकेनन्।


हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे पुन: मतदान हुने भनिएको थियो । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ ।


Author

थप समाचार
x