सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको सभामुखका लागि पुन: मतदान हुँदै

इकागज |
पुस ३०, २०७९ शनिबार १४:१२ बजे

फाइल तस्बिर

कैलाली- सुदूरपश्चिम प्रदेशको सभामुखका लागि आज साँझ पुन: मतदान हुने भएको छ । यसअघि बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि आज साँझ ६ बजे पुन: मतदान हुने भएको हो ।

आज बिहान बसेको सर्वदलीय बैठकमा पुन: चुनावमा जाने सबै दल सहमत भएपछि चुनावको समय तय भएको हो ।


सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् ।

५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर, बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत र कांग्रेसका रावलले २३ मत पाएका थिए ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् भने सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक प्रदेशसभा सदस्य छन् ।


Author

थप समाचार
x